रिलिजको चार दिनमै स्त्री-२ दुई सय करोड क्लबमा

डिसी नेपाल
३ भदौ २०८१ १२:१६
100
Shares

काठमाडौं। बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ। फिल्मले रिलिजको चौथो दिन आइतबार मात्र ५८ करोड २० लाख कमाई गरेको छ।

फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म २०४ करोड कमाई गरिसकेको छ।

फिल्मले रिलिजको पहिलो दिन विहीबार ५५ करोड ४० लाख कमाई गरेको थियो। त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले शुक्रबार ३५.३० करोड र शनिबार ४५ करोड ७० लाख कमाएको थियो।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ। यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ।

अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *