काठमाडौंका दर्शक नचाउँदै धिरज राई
काठमाडौंं। लोकप्रिय गायक धिरज राईले काठमाडौंँका दर्शक नचाउँने भएका छन्। आगामी शनिबार (भदौ ८ गते) आयोजना हुने ‘धिरज राई लाइभ वीथ जात्रा ब्याण्ड’ कार्यक्रममा उनले ‘लुकी लुकी’, ‘साई ढोले सोई’ लगायत आफ्ना आधा दर्जनबढी लोकप्रिय गीतसंगीत प्रस्तुत गर्नेछन्।
मोडलिङ संघ नेपाल र रसलाइट मिडियाको संयुक्त आयोजनामा आलिसान लन्च एण्ड क्लबमा हात्तिसारमा आयोजना हुने कार्यक्रममा गायिका तथा मोडल रमिता भण्डारीको समेत विषेश प्रस्तुति रहनेछ। कार्यक्रम होष्टको रुपमा एनी कुवँर रहेकी छन्। कार्यक्रममा जात्रा ब्याण्डको समेत विशेष प्रस्तुति रहनेछ ।
कार्यक्रम मार्फत राजधानीका दर्शकसँग जोडीन नपाएको धेरै भएकोले पनि आफु कार्यक्रम देखिन लागेको गायक राइले बताए। कार्यक्रममा सुशिल नेपाल, चेतन सापकोटा, भ्वाई अफ नेपालका निर्देशक लक्ष्मण पौडेल लगायतको पनि सहभागीता रहनेछ।
गायक धिरज राईको कार्यक्रमले काठमाडाैंका दर्शकलाई खुसी दिने बिश्वास आफूले लिएको आयोजक नेपाल मोडलिङ संघका प्रवत्ता प्रवेश गिरीले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment