इटालीमा डुबेको लक्जरी याटभित्र थप दुई शव फेला परे
काठमाडौं । इटालीको सिसिली नजिकै भूमध्यसागरमा डुबेको लक्जरी बायेसियन याटभित्र थप दुई जनाको शव फेला परेको छ ।
सिसिलीको सिभिल प्रोटेक्शन एजेन्सीले बीबीसीलाई यस कुराको पुष्टि गरेको छ र जहाज भित्र यी शवहरू भेटिएको बताएको छ। यसअघि जहाजभित्र थप दुई शव फेला पारेर किनारमा ल्याइएको थियो ।
बुधबार भेटिएका यी चार शवको पहिचानबारे अहिलेसम्म अधिकारीहरूले कुनै जानकारी दिएका छैनन् । सोमबार डुबेको यो याटमा रहेका दुई व्यक्ति अझै बेपत्ता छन्।
जहाजमा सवार व्यक्तिहरूको खोजी गर्न सिसिलीको पूर्वमा पोर्टिसेलो बन्दरगाहबाट उद्धार कार्य भइरहेको छ। बुधवार गोताखोरहरूले बायेसियन याटमा दुईवटा शव फेला पारेका थिए।
एउटा शव झोलामा राखेर किनारमा ल्याइएको थियो भने अर्को शव बाहिर ल्याउन विशेषज्ञ गोताखोर खटाइएको थियो । सोमबार, बायेसियन याट सिसिलीको तटमा डुब्यो, त्यसपछि छ जना बेपत्ता भए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment