साफ यू–२० च्याम्पियनसिपः उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने, भारत बाहिरियो
काठमाडौं। बंगलादेश काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो सेमिफाइनलमा पेनाल्टी सुट आउटमा डिफेन्डिङ च्याम्पियन भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो।
यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १–१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो।
अब बंगलादेशले उपाधिका लागि नेपालको सामना गर्ने छ। नेपालले आइतबार पहिलो सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। फाइनल खेल बुधबार हुदै छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment