डा.अजित घिमिरेको ‘पिर हरिदेउ’ भजनको भिडियो सार्वजनिक
अमेरिका। गायक तथा संगीतकार अजित घिमिरेको स्वर तथा संगीतमा सजिएको ‘पिर हरिदेउ’ भजन भर्खरै यूट्यूवमा सार्वजनिक गरिएकाे छ। यो भजनको संगीत संयोजन बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले गरेका हुन्।
अमेरिकामा बाताबरण बिज्ञानमा पिएचडी गरेका संगीतकर्मी घिमिरेलेका कालीको ठुम्का, बाध मायाले, धिन्तनाक्धीन, लभ मास्टर, जब साथ तिम्रो न्यानो जस्ता गीतहरुले पहिलेनै चर्चा बटुलेका छन्।
‘पिर हरिदेउ’ भजन काठमाडौंस्थित नागार्जुन नगरपालिकाको आदेश्वर शिव मन्दिर मा छायांकन गरिएको हो। भजनको क्यामरा, सम्पादन, र निर्देशन सुबर्ण कुमार श्रेष्ठ र रंजन कार्कीले संयुक्तरुपमा गरेका हुन्। भजनको रेकर्डिङमा अमेरिका निबासी किशोर सिवाकोटीले सहयोग गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment