ककनीका फोहोर प्रभावितहरुको स्वास्थ्य बीमा नवीकरण गर्न काठमाडौं महानगरलाई पत्र
काठमाडौं। फोहोर प्रभावितहरुको स्वास्थ्य बीमा नवीकरण गरिदिन ककनी गाउँपालिकाले काठमाडौं महानगरलाई पत्राचार गरेको छ।
ककनी गाउँपालिकाभित्रका फोहोर प्रभावितहरुको स्वास्थ्य बीमा वार्षिक रुपमा नवीकरण गर्ने पूर्वसहमति अनुरुप नवीकरण गरिदिन आग्रह गर्दै पत्राचार गरेको हो।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ र प्रमुख प्रशासकीय अधिकृत खम्बाराज राईले काठमाडौं महानगरपालिकालाई बिहीबार पत्राचार गरेका हुन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment