पर्यटन मन्त्रीले आम नागरिकसँग भ्रमण वर्षको लोगो सामाजिक संजालमा राखिदिन आग्रह गरे

डिसी नेपाल
२६ साउन २०७६ १८:१२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष मनाउने अभियानमा आम नागरिकसँग आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गरेका छन् । उनले आम जनता तथा निजी क्षेत्रलाई आफुले प्रयोग गर्नेआफूले प्रयोग गर्ने निजी तथा संघ–संस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखेर सहयोग गर्न आग्रह गरेका हुन् ।

सार्वजनिक तथा निजी क्षेत्रका संगठित संघसंस्थाबाट पनि उत्साहजनक सहभागिताको अपेक्षा गरेको मन्त्री भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । मुलुकमा रोजगारी सिर्जना, गरिवी निवारण तथा समावेशी विकासका लागि पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आयाम रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले सोही कारण नेपालले भ्रमण वर्ष मनाउन लागेको बताएका छन् । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाईंदैछ । मन्त्री भट्टराईले विश्वस्तर र नेपालभर प्रचार प्रसारमा सहयोग गर्न संसारभर रहेका नेपालीलाई आह्वान गरेका हुन् ।




प्रतिक्रिया

One thought on “पर्यटन मन्त्रीले आम नागरिकसँग भ्रमण वर्षको लोगो सामाजिक संजालमा राखिदिन आग्रह गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *