निगमले घटायो इन्धनको मूल्य

डिसी नेपाल
१५ भदौ २०८१ २१:४२
228
Shares

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमको शनिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ। घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

त्यस्तै निगमले एलपी ग्यासको खरिद मूल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई मूल्य यथावत राखेको निगमले जनाएको छ।

नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रति लिटर १६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *