स्त्री-२ ५०० करोड क्लबमा
काठमाडौं। बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ। फिल्म रिलिजको तेस्रो सातामा ५०० करोड क्लबमा पुगेको छ।
फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म फिल्मले अहिलेसम्म ५०२ करोड ३५ लाख कमाई गरेको छ। फिल्मले आइतबार मात्र २२ करोड १० लाख कमाई गरेको थियो।
फिल्मले रिलिजको पहिलो साता ३०७ करोड ८० लाख कमाएको थियो भने दोस्रो साता १४५ करोड ८० लाख कमाएको थियो। त्यस्तै फिल्मले रिलिजको तेस्रो साता ४८ करोड ७५ लाख कमाई गरेको थियो।
करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो।
अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment