नेप्सेमा हरियाली: १२७ अंकले बढ्यो, १३ अर्बको कारोबार

डिसी नेपाल
१७ भदौ २०८१ १६:२९
24
Shares

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक सय २७ दशमलव ३२ अंकले उकालो लागेर दुई हजार आठ सय २३ दशमलव २५ मा पुगेको छ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २२ दशमलव ९४ अंकले उकालो लागेर पाँच सय तीन दशमलव ८३ मा पुगेको छ। कूल तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर रु १३ अर्ब १० करोड ४६ लाख ३१ हजार आठ सय दुईमा कारोबार भयो।

नेप्सेका अनुसार, नेशनल हाइड्रोपावर, वेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोगे्रसिभ फाइनान्स र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। लक्ष्मी उन्नति कोष चार दशमलव ७१, माईखोला हाइड्रोपावर तीन दशमलव ५९, एनआइसी एसिया फ्लेक्स एक दशमलव ८७, सनराइज फोकस्ड इक्विटी फण्ड एक दशमलव ८१ र सामुदायिक लघुवित्तका लगानीकर्ताले एक दशमलव ६१ प्रतिशतले गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *