ग्लोबल आइएमई बैंकको बालबालिकालाई लक्षित ग्लोबल जुनियर एप सञ्चालनमा
काठमाडौं। ग्लोबल आइएमई बैंकले बालबालिकालाई लक्षित गरी ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको छ।
सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बैंकले ग्लोबल जुनियर एप सार्वजनिक गरेको हो। बालबालिकालाई सानैदेखि बैंकिङ कारोबारसम्बन्धि अभ्यस्त गराउन ग्लोबल जुनियर एप ल्याइएको बैंकले जनाएको छ।
परिवार र बालबालिकाबीच हुने नगद कारोबारलाई डिजिटल गराउनु एपको उद्देश्य रहेको ग्लोबल आइएमई बैंकका बैंकको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले जानकारी दिए। उनले बालबालिकालाई सानैदेखि बचत गर्न उत्प्रेरित गर्ने उदेश्यले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको भन्दै यसमा र्बैंकले कुनै फाइदा नहेरेको धारणा राखे।
बालबालिकालहरुले समेत भबिष्यमा सहज रुपमा बैंकिङ कारोबार गर्न सक्ने गरि एप बनाइएको बैंकले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment