पौराणिक एक्सन थ्रिलर फिल्म ‘डिएनए’ घोषणा

डिसी नेपाल
१८ भदौ २०८१ ११:३५
24
Shares

काठमाडौं। फिल्म निर्माण कम्पनी फोनिक फ्लिकको ब्यानरमा पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म ‘डिएनए’ को घोषणा गरिएको छ। निर्देशक चानस पुन मगरका अनुसार, यो फिल्म पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित थ्रिलर हुनेछ, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिनेछन्।

फिल्म ‘डिएनए’ लाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन्। फिल्म निर्माणको जिम्मेवारी फोनिक फ्लिकले लिएको छ भने बड पिक्चर्स र अन्डर एक्सपोज़ सिनेमासँगको सहकार्यमा निर्माण कार्य अघि बढाइनेछ।

फिल्मको छायाङ्कन आउँदो फाल्गुनमा सुरु गर्ने योजना रहेको छ। पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई रोमाञ्चक यात्रामा लैजाने अपेक्षा गरेको अर्का निर्देशक मणि रत्न त्रिपाठीले बताए। यस फिल्ममा नयाँ र नौलो प्रयोगको रूपमा निर्माण गरिने बताइएको छ।

फिल्ममा कलाकारहरू र अन्य टिमको जानकारी केही समयपछि दिइने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *