ककनी गाउँपालिकाद्वारा स्ट्राबेरी खेतीका लागि किसानलाई २४३ रोल प्लाष्टिक वितरण

दिपेश न्यौपाने
१८ भदौ २०८१ १७:२१
1.1k
Shares

नुवाकोट। ककनी गाउँपालिकाले स्ट्राबेरी खेतीका लागि किसानहरुलाई प्लाष्टिक वितरण गरेको छ।

प्रदेश सरकारले ५० प्रतिशत अनुदानमा दिएको प्लाष्टिक मंगलबार गाउँपालिकाले एक कार्यक्रमका बीच २ र ५ नं वडाबासी किसानलाई प्रति रोलका दरले २४३ प्लाष्टिक वितरण गरेको हो।

अहिले ५०० रोलमध्ये २४३ रोल वितरण गरिएको र बाँकी क्रमशः वितरण गरिने गाउँपालिकाका नायब प्राविधिक सहायक रवीन्द्र पाण्डेले जानकारी दिए।

कार्यक्रममा अध्यक्ष सुमन तामाङले वितरित प्लाष्टिक किसानहरुले सदुपयोग गरी व्यावासायिक लाभ लिन आग्रह गरे । उनले किसानहरुलाई आत्मनिर्भर बन्न जोड दिँदै प्लाष्टिकको समुचित प्रयोग गरी स्ट्राबेरी खेती थप विस्तार गर्न सुझाब दिए।

उक्त प्लाष्टिक वितरण कार्यक्रममा उपाध्यक्ष मिठ्ठुमाया तामाङले ककनी गाउँपालिकाका किसान लक्षित वितरण गरिएको प्लाष्टिकले स्ट्राबेरी खेतीको व्यावासयिक विकास लागि मद्दत पुग्ने बताइन्। उनले यसको सदुपयोग गरी आफ्नो उत्पादन बढाउन आग्रह गरिन्।

कार्यक्रममा अध्यक्ष तामाङ, उपाध्यक्ष मिठ्ठुमाया तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल आचार्य र वडा नं २ का वडाअध्यक्ष च्यामे तामाङको उपस्थिति रहेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *