सिनेमा ‘देवी’ को भव्य रेडकार्पेट प्रिमियर शो

डिसी नेपाल
२० भदौ २०८१ १४:५७
36
Shares

काठमाडाैं। भदौ २१ गते भोलि शुक्रबार तीजको अवसर पारेर प्रदर्शनमा आउन लागेको सिनेमा ‘देवी’को बुधबार भव्य रेडकार्पेट प्रिमियर शोको आयोजना गरिएको छ। प्रिमियर शोमा सिनेमा हेर्न कमलपोखरी सिटी सेन्टरस्थित बिग मूभिज हलमा सिनेमाकर्मी र पत्रकारको उपस्थित थिए।

सिनेमा हेर्न अभिनेता कर्मा शाक्य, गजित बिष्ट, विशाल पहारी, अभिनेत्री मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर र निर्देशक सौरभ चौधरीका साथमा सिनेमा मुख्य कलाकारहरु शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, निरिक्षा घतानी र निर्देशक संजोग राई लगायत हल पुगेका थिए। प्रिमियरमा सिनेमा हेरेका अधिकांशले सिनेमा उत्कृष्ट बनेकाले यो सिनेमा ठूलो माससम्म पुग्न जरुरी भएको प्रतिक्रिया दिए।

सिनेमा हेरेपछि निर्देशक सौरभ चौधरीले सिनेमा निकै राम्रो बनेको भन्दै ‘देवी’ जस्तो कन्टेन्ट बेसको सिनेमा निर्माण गर्ने हरेक मेभरको सपना हुने बताए । समाज र देशमा भैरहेको बलात्कारका घटना र त्यसमा देखिने कानुनको प्रभावलाई सिनेमाले सुक्ष्म रुपमा उठाएकाले सवै कलाकारले आफ्नो भुमिकालाई न्याय दिनु भएको छ । सिनेमा हेरिरहँदा कहिँकतै पनि अस्वभाविक लाग्दैन।

अभिनेत्री सृष्टि श्रेष्ठले पनि सिनेमाको बिषयवस्तुले भावुक बनाएको बताइन् । नेपालमा बलात्कार र महिला हिंसाको कानुन बलियो छ । तर, त्यसको प्रभावकारी कार्यन्वयनको जरुरी रहेकाले ‘देवी’ जस्ता सिनेमाले सरकारलाई घचघचाउन सफल हुने विश्वास व्यक्त गरिन् । अभिनेत्रीद्धय लुनिभा तुलाधर र मेनुका प्रधानले पनि सिनेमा उत्कृष्ट बनेको भन्दा यस्ता सिनेमालाई धेरै भन्दा धेरै दर्शकले हेरेर बहसको रुपमा लैजानु पर्ने बताए ।

अभिनेता कर्मा शाक्यले पनि ‘देवी’ले गहन बिषयलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेकाले आफ्नो मन छोएको बताए । सिनेमाका मुख्य कलाकारहरु र निर्देशकले पनि आफुहरुको पाँच वर्ष लामो परिश्रम प्रिमियरमा मिलेको प्रतिक्रियाले सफल भएको अनुभव दिएको सुनाए । निर्देशक राईले त हल रिलिज पश्चात नेपालमा विभिन्न ठाउँमा सिनेमा देखाएर समाजलाई जागृत गराउने तयारी समेत रहेको बताए ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाका निर्देशक सञ्जोग राई हुन् । सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन्। एक्जिबिट स्टुडियोको प्रस्तुतिमा सिनेमा ‘देवी’ बनेका हो । यो सिनेमा निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ।

सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *