एन्फा महिला लिगः वालिङ नगरपालिका र कोशी प्रदेश विजयी

डिसी नेपाल
२० भदौ २०८१ १८:२०
24
Shares

काठमाडौं। राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले सहज जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा कर्णाली प्रदेशलाई ४–० गोल अन्तरले पराजित गर्दै वालिङले सहज जित हासिल गरेको हो। वालिङका लागि ज्याक्लीन नास्सालीले १०, ४१ र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् भने चौथो गोल सुक्रिया मियाले ९० औं मिनेटमा गरिन्।

त्यसअघि बिहीबार नै भएको पहिलो खेलमा कोशी प्रदेशले बागमती युथ क्लबलाई पराजित गर्यो । खेलमा कोशीले बागमती युथ क्लबलाई २–१ ले पराजित गरेको हो। जितसंगै कोशीले दुई खेलबाट ६ अंक जोडेको छ । समान खेल खेलेको बागमतीको भने तीन अंक छ ।

कोशीकी समीक्षा मगरले एक गोल गरिन्। यस्तै, बागमतीकी विष्णुमाया बलले एक गोल गर्दा दिव्या मगरले आत्मघाती गोल गर्न पुगिन्। एन्फाको आयोजनामा जारी लिगमा १० टिमको सहभागिता रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *