दिवस फिल्म प्रोडक्सनको ब्यानरमा नेपाली कथानक चलचित्र “ज्ञान शास्त्र” बन्ने
काठमाडाैं। दिवस फिल्म प्रोडक्सनको ब्यानरमा नेपाली कथानक चलचित्र “ज्ञान शास्त्र” बन्ने भएको छ। शिक्षा क्षेत्रमा भएका बिभिन्न समस्या र राजनीतिले पारेको प्रभाबलाईलाई उजागर गर्ने उदेश्यले बन्न लागेको यस चलचित्रलाई कलाकार तथा निर्देशक दिनेश कुँवरले निर्देशन गर्ने भएका हुन्।
बिकास बराल र प्रेम बहादुर श्रेष्ठको संयुक्त लगानीमा निर्माण हुन लागेको यस चलचित्रमा नायक समिर खान र नायिकाद्वय स्मारिका ढकाल तथा पूर्णिमा थापाको प्रमुख भूमिका रहने छ।
मुख्य कलाकारहरुमा शुसील पोख्रेल, सुरबीर पण्डीतसुवास गजुरेल, श्याम राई, रबिन्द्र झा, नरेश पौड्याल लगायत छन् भने अन्य कलाकारमा अनुज गुप्ता, ममता पौडेल, दिपक अधिकारी, मौसम खड्का, अनिल खड्का, रोहीनी उप्रेती, मुस्कान काप्री, किशोर दुवाडी, आयुस श्रेष्ठ, आकृती श्रेष्ठ, युवराज कार्की, चन्द्र ज्योती ढुंगाना रहेका छन्। त्यसैगरी वालाकलाकारको भूमीका दिवश सिंह कुंवर, अस्मी साही र इमाश्री खत्री देखिने छन्।
आभास रानाले लेखेको यस चलचित्रको निर्माण नियन्त्रकको रुपमा भोला सुबेदी (प्रणब) रहने छन् भने मुख्य सहायक निर्देशकमा बिनय राज पौडेल छन्। त्यसैगरी कृष्ण भण्डारी शर्माको शब्द रहेको यस चलचित्रको गीतमा संगीत शिव के परियार भर्ने छन्।
यही भाद्र २३ गते शुभ मुर्हत गरिने यस चलचित्रको सुटिङ चितवनका ग्रामिण तथा शहरीभागमा गरिने तथा दशैँ अगाडि छायांकन सक्ने लक्ष्य रहेको निर्देशक कुँवरले बताएका छन्। फिल्मलाई बिष्णु परियारले छायाङ्कन गर्दैछन्।
मोड्लिंग, म्युजिक भिडियो तथा सर्ट फिल्महरुको निर्देशन तथा केहि चलचित्रमा सहायक निर्देशकका रुपमा काम गरिसकेका दिनेश कुँवरका हम जब पगलाई, सालको पात, टाँडी पर्सा खुर्खुरे लगायत थुप्रै म्युजिक भिडियो बजारमा आई सकेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment