यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई

डिसी नेपाल
२५ भदौ २०८१ ९:३७
24
Shares

काठमाडौं । काठमाडौं-कलिङ लिटेटरी फेस्टिभलमा लोकगायक एवं संस्कृत विद् यज्ञराज उपाध्यायलाई यशश्वी प्राज्ञ पुरस्कार प्रदान गरिएको छ। हिमालय होटलमा आयोजित समारोहबीच उपाध्यायलाई काली-कर्णालीको लोकसाहित्य ग्रन्थका लागि २० हजार राशिको यशश्वी प्रज्ञा पुरस्कार तथा यशश्वी बुक अवार्ड २०२४ अर्पण गरिएको हो।

काली(कर्णालीको लोकसाहित्य तथा संकृतिको लामो खोज तथा अनुसन्धानबाट उत्खनन तथा प्रारुप सामग्री एकितृत गरी उपाध्यायले विशद ग्रन्थ प्रकाशित गरेर नेपाली लोकसाहित्यमा ठूलो योगदान पुर्‍याएको भन्दै आयोजकले उनलाई सम्मान गरिएको जनाएको छ।

९८४ पृष्ठको ग्रन्थमा काली-कर्णाली क्षेत्रको लोकसाहित्य, लोकसंस्कृति, लोकगीत र संगीतका सबै क्षेत्रको विश्लेषण गरिएको छ। सम्मान कार्यक्रमका वक्ताहरूले ग्रन्थ काली-कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिको एतिहासिक दस्तवेज भएको बताएका थिए। उनीहरूले पुस्तक अध्ययन गर्दा सिंगो काली(कर्णाली क्षेत्रलाई बुझ्न सकिने धारणा राखेका थिए।

उपाध्याय राईझुमा जस्तो लोकप्रिय लोकदेउडा गीतका स्रष्टा हुन्। भव्य समारोहबीच सम्मानित हुन पाउँदा खुसी र जिम्मेवारी दुवै थपिएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *