असोज १३ देखि दशैका लागि सुकिला नोट साट्न पाइने

डिसी नेपाल
२६ भदौ २०८१ १९:५३
40
Shares

काठमाडौं। दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने जानकारी गराएको हो। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिनेछ।

राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर,वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्त्र र धनगढीबाट नोट सटहीको सुविधा लिन सकिने बैंककले जनाएको छ।  साथै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत नोट सटही गर्न सकिनेछ।

हरेक वर्ष दसैंका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्र दिने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *