निश्चल बस्नेतले नयाँ फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने

डिसी नेपाल
२७ भदौ २०८१ ११:३८
72
Shares

काठमाडौं। गत वर्षको सुपरहिट फिल्म ‘दिमाग खराब’ बाट ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चल बस्नेतले अब फिल्म ‘डेनी डेन्जरस’ बनाउने भएका छन्।

बुधबार एक थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको घोषणा गरेका हुन्। यो निश्चलको पाँचौं निर्देशकीय फिल्म हुनेछ।

निश्चलकै कम्पनी ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख छ। फिल्ममा अभिनय गर्ने कलाकारको बारेमा भने जानकारी गराइएको छैन । यो फिल्मको छायांकन तिहारपछि सुरु गरिने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *