लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त

डिसी नेपाल
२८ भदौ २०८१ ७:३६
80
Shares

काठमाडौं। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको हो।

बोर्डको सीईओका लागि ज्ञवालीसहित पाँच जना अन्तिम छनौटमा रहेका थिए। जसमा ज्ञवालीसहित विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले, रामदेव यादव र भिष्मराज ढुंगाना रहेका थिए।

ज्ञवाली यस अघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *