नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने
काठमाडौं। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ।
नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले मात्र आवेदन दिएपछि अब यो फिल्म ओस्कारका लागि शिफारिस हुने निश्चित बनेको हो।
आवेदन दिने विहिबार अन्तिम मिति रहेको र शाम्बाला बाहेक अन्य कुनैपनि फिल्मले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले जनाएको छ। नेपालको छनोट समितिले फिल्मलाई आगामी नोभम्बरसम्म अमेरिका पठाइसक्नुपर्नेछ।
ओस्कार अवार्डको ९७औं संस्करण आगामी मार्च ३ मा अमेरिकाको लस-एन्जलसमा आयोजना हुँदैछ।
यस अघि विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सव समेत प्रदर्शन भएर प्रशंसा बटुलेको ‘शाम्बाला’ शुक्रबारदेखि नेपाली हलमा प्रदर्शन भएको छ। यस फिल्मको केहि दिनअघि मात्र काठमाडौंमा बलिवुडका चर्चित अभिनेता नवाजुद्दीन सिद्दिकी र निर्देशक अनुराग कश्यपको उपस्थितिमा प्रिमियर गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment