राष्ट्रपतिद्वारा वरिष्ठ महिला चिकित्सकलाई सम्मान
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकलाई सम्मान गरेका छन्।
नेपाल चिकित्सक संघद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती महिला चिकित्सकहरूलाई सम्मान गरेका छन्।
सम्मानित हुनेमा वुमेन इन मेडिसिन इन नेपाल अवार्डअन्तर्गत डा रीता गुरूङ, डा शान्तकुमारी सापकोटा, डा हीरा तुलाधर, डा गीता सायमी र डा कल्पना सुवेदी उपाध्याय छन्। वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डअन्तर्गत डा सुनिता आचार्य, डा सुधा खकुरेल, डा विमला लाखे, डा मालती त्रिपाठी र डा अम्बिका श्रेष्ठ छन्। उनीहरूलाई राष्ट्रपति पौडेलले दोसल्ला एवं सम्मानपत्रसहित सम्मान गरेका थिए।
संघका अध्यक्ष डा अनिलविक्रम कार्कीको सभापतित्वमा सो कार्यक्रम भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment