नोट्टीङ्घमसँग लिभरपुल स्तब्ध
काठमाडौं। लिभरपुल इङ्लिश प्रिमियर लिग अन्तर्गतको खेलमा नोट्टीङ्घम फोरेस्टसँग स्तब्ध भएको छ। गएराति सम्पन्न खेलमा नोट्टीङघमले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो।
नोट्टीङ्घमको जितमा खेलको ७२औं मिनेटमा कलुम हडसन ओडोइले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। लिभरपुलको घरेलु मैदानमा पछिल्लो ५५ बर्षमा नोट्टीङघमले २५औं खेलमा पहिलो जित हासिल गरेको हो।
नोट्टीङ्घमको यस सिजनमा यो दोस्रो जित हो। चार खेलमा २ जित र २ बराबरी खेलेको नोट्टीङघमको ८ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै यस सिजनको चौथो खेलमा पहिलो हार बेहोरेको लिभरपुलको ९ अंक रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment