‘घोर अन्याय भो’ मा शिल्पा र नेत्रको रोमान्स

डिसी नेपाल
१ असोज २०८१ १०:१६
56
Shares

काठमाडौंं। गायक गोविन्द राईको स्वर रहेको गीत ‘घोर अन्याय भो’ सार्वजनिक भएको छ। गजल शैलीमा तयार प्रेमपीडा बोल्ने गीतमा लय संग्रौलाको शब्द तथा विकास चौधरीको संगीत छ। गीतको एरेन्ज संजय हमालले गरेका हुन्।

गीतको भिडियोमा शिल्पा पोखरेल, नव प्रस्तुति नेत्र चौलागाईको प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोमा शिल्पाले नेत्रलाई प्रेममा धोका दिएर पुष्कर राउतसँग बिबाह गरेको देखाइएको छ। भिडियोमा शिल्पा र नेत्रको जोडी सुहाउँदोछ।

भिडियोको निर्माण प्रज्ञा फिल्मस्ले गरेको हो। फिल्म तथा टेलिफिल्म निर्माण गर्दै आएको प्रज्ञा फिल्मस्ले अब निरन्तर भिडियो निर्माण गर्दै नव प्रतिभालाई अवसर दिने उदेश्य सहित भिडियो निर्माणमा हात बढाएको हो।

मदन कस्यप घिमिरेको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी तथा निर्देशक सुरेश पाण्डेको रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *