‘विश्वशान्ति तथा मानवकल्याण नै सबै धर्मको मूल निचोड हो’

डिसी नेपाल
१ असोज २०८१ २३:१६
32
Shares

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वशान्ति तथा मानवकल्याण नै सबै धर्मको मूल निचोड भएको बताएका छन्।

मोहम्मद पैगम्बरको जन्म दिवसका अवसरमा आज जनकपुरधाममा मुस्लिम धर्मावलम्बीले आयोजना गरेको कार्यक्रममा उनले मोहम्मद पैगम्बरले पनि सोही कुरामा जोड दिएको बताए। मोहम्मद्वारा प्रतिपादित सिद्धान्त अहिले पनि अनुकरणीय रहेको मुख्यमन्त्री सिंहको भनाइ थियो।

मुख्यमन्त्री सिंहले मुस्लिम समुदायको शिक्षामा सुधार गर्न आफ्ना बालबालिकालाई विद्यालय पठाउनका लागि आग्रह गरे।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेस प्रदेशसभाका उपनेता दीपेन्द्र ठाकुरसहितका वक्ताहरूले मोहम्मद पैगम्बर दिवसको महत्वबारे चर्चा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *