लिग–२ः नेपालले पहिला ब्याटिङ गर्दै, तीन परिवर्तन
काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको ओमानविरुद्धको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ।
क्यानडाको किङ सिटीमा मपल लिफ क्रिकेट ग्राउण्डमा ओमानका कप्तान अकिब इलियासले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन्।
आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ। आजको खेलमा कुशल मल्ल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राखेको छ भने अनिल शाह, अर्जुन साउद र आरिफ शेखले मौका पाएका छन्।
पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो।
नेपालको प्लेइङ–११
अनिल शाह, आसिफ शेख, भीम सार्की, अर्जुन साउद, रोहित पौडेल (कप्तान), आरिफ शेख, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment