एन्फा महिला लिगः वालिङ नगरपालिकाले बागमतीलाई हरायो
काठमाडौं। राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ।
एन्फा कम्प्लेक्स सातदोवाटोमा बिहीबार भएको खेलमा वालिङले बागमतीलाई ४–० गोल अन्तरले पराजित गरेको हो। वालिङको जितमा विदेशी खेलाडी सिसी एन्टोङ्गोले खेलको २२ र ४० औं मिनेटमा गोल गरिन् भने ज्यकिलिन नस्सालीले ५४ र ८३ मिनेटमा गोल गरिन्।
जितसंगै वालिङ ६ खेलमा १३ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने भने समान खेल खेलेको बागमती चार अंकसहित तालिकाको आठौं स्थानमा छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment