महिला फुटबलः एपिएफ विजयी
काठमाडौं। एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रस्मिकुमार घिसिङको ह्याट्रिकसहित एपिएफले कोशी प्रदेशमाथि ८–० को जित निकाल्यो।
प्रतियोगितामा यो एपिएफको छैटौँ जित हो। पहिलो खेलमा भने एपिएफले विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो।
जारी प्रतियोगितामा सात खेलपछि एपिएफले १९ अंक जोडेको छ। प्रतियोगितामा तेस्रो हार बेहोरेको कोशी प्रदेश १० अंकसहित तालिकाको पाँचौँ स्थानमा छ। एपिएफको जितमा रस्मिकुमारी घिसिङले पाँच गोल गरिन् भने अनिता बस्नेतले दुई तथा अनिता केसीले एक गोल थपिन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा विभिन्न १० टोलीको सहभागिता रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment