महिला लिगमा संकटा र पुलिस क्लब विजयी
काठमाडौं। राजधानीमा जारी एन्फा महिला लिगमा संकटा फुटबल क्लब र नेपाल पुलिस क्लब विजयी भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको पहिलो खेलमा संकटाले सुदूरपश्चिमलाई ६–० गोल अन्तरले पराजित गर्यो। संकटाको दोस्रो जितमा तेमिलोपे जेनिफरले चार गोल गरिन्। ममता पुन र पूर्णीमा हमालले एक एक गोल गरिन्।
जितसँगै संकटाले सात खेलबाट आठ अंक जोडेको छ। सुदूरपश्चिमको भने यो लगातार सातौं हार हो।
त्यस्तै शनिबार नै भएको दोश्रो खेलमा पुलिस क्लबले वालिङ नगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्यो। पुलिसका लागि दुवै गोल सम्झना लावतीले गरेकी थिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment