साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित
काठमाडौं। साफ यु–१७ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो। पाकिस्तानको जितमा खेलको ८२औं मोहम्मद थलहले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
समूह ‘बी’ मा रहेको नेपालले आउने सोमबार श्रीलंकासंग खेल्ने तालिका रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment