राजु लामाले ल्याए ‘प्रेम रोग’ (भिडियो)

डिसी नेपाल
६ असोज २०८१ १९:५३
40
Shares

काठमाडौं। गायक राजु लामाले नयाँ गीत सार्वजनिक गरेका छन्। चर्चित ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिष्ट रहेका राजुले ‘प्रेम रोग’ बोलको रोमान्टिक गीत ल्याएका हुन्।

राजुकै शब्द र संगीत रहेको यो गीतको भिडियोमा समेत उनकै अभिनय छ। उनीसँग अभिनेत्री करिष्मा श्रेष्ठले स्क्रिन सेयर गरेकी छन्। पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको यो गीतको भिडियो कोरियोग्राफी सोनम पाख्रिनले गरेका छन्। गीतको भिडियो निर्देशन भने सोनम पाख्रिनले गरेका छन्।

यो गीतले संगीतको पछिल्लो ट्रेन्ड झल्काउने राजु बताउँछन्। ‘यो गीतले युवतीसँग गहिरो प्रेममा रहेको एक युवकको कथा भन्छ,’ उनले भने, ‘नयाँ स्वाद दिने प्रयत्न गरेको छु । दर्शक-श्रोताले अपनत्व लिएर सुन्छन् र हेर्छन् भन्ने मेरो विश्वास छ। ’ राजु विगत ३० वर्षदेखि संगीत क्षेत्रमा निरन्तर सक्रिय छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *