आर्सनलसँग हारबाट जोगियो म्यानचेस्टर सिटी
काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र आर्सनल बराबरी खेलेका छन्।
गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले खेलको अन्तिम मिनेटमा गोल गर्दै आफुलाई हारबाट बचाएको हो। दुवै क्लब २-२ को बराबरीमा रोकिएपछि एक एक अंक बाँडेका थिए। खेलको इन्जुरी समयको ९७औं मिनेटमा सिटीले गोल गर्दै खेल बराबरी गरेको थियो।
सिटीका लागि जोन स्टोन्सले बराबरी गोल गरेका थिए। त्यसअघि सिटीका लागि इर्लिंग हलाण्डले पहिलो गोल गरेका थिए। त्यसैगरी आर्सनलका लागि रिकार्डो कालाफिओरी र गाब्रियल मागलहाएजले एक एक गोल गरेका थिए।
त्यस्तै आर्सनलका लीन्द्रो ट्रोसार्डले पहिलो हाफको अन्त्यमा दोहोरो पहेलो कार्ड पाउदै मैदान छोडेपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो।
यो बराबरीपछि म्यानचेस्टर सिटीको ५ खेलमा १३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ। त्यसैगरी आर्सनलको ५ खेलमा ११ अंक छ र लिगमा चौथो स्थानमा रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment