अन्तिम खेलमा दक्षिण अफ्रीका विजयी, सिरिजमा अफगानिस्तानको कब्जा
काठमाडौं। दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा सान्त्वना जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो।
अफगानिस्तानले दिएको १७० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।
यस अघि पहिला ब्याटिङ गरेको अफगानिस्तान ३४ ओभरमै अल ओत हुँदै १६९ रन बनाएको थियो।
यो खेलमा हार बेहोरेपछि अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्धको यो एकदिवसीय सिरिज २-१ जितेको छ। अफगानिस्तानले पहिलो पटक यसै खेलमा दक्षिण अफ्रिकाविरुद्ध एक दिवसीय खेलमा पहिलो जित हासिल गरेको थियो भने पहिलो सिरिज समेत जितेको छ।
यस सिरिजको प्लेयर अफ द सिरिज अफगानिस्तानका रहमनुल्लाह गुरबाज बनेका छन्। उनले यस सिरिजमा एक शतक र एक अर्धशतक बनाएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment