मिस एण्ड मिसेस युनिभर्सल २०२४’ को फिनाले असोज १२ गते
काठमाडौं। मिस एण्ड मिसेस युनिभर्सल २०२४को ट्यालेन्ट राउण्ड सम्पन भएको छ। यो सँगै ग्राण्ड फिनाले यहि असोज १२ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा हुने बताइएको छ । प्रतियोगिताको ट्यालेन्ट शोमा प्रतिस्पर्धीहरुले नृत्य, अभिनय लगायत अन्य कलामा उत्कृष्ट आ-आफ्नो प्रतिभा प्रदर्शन प्रस्तुत गरेका थिए।
स्पार्कल इन्टरटेन्मेन्टको आयोजनामा हुँदै आएको मिस एण्ड मिसेसको यो तेस्रो सिजन हो। तेस्रो सिजनसम्म आइपुग्दा आयोजक कम्पनीले प्रतियोगीहरुलाई थप क्षमतावान बनाउँदै ल्याएको छ।
आयोजक संस्थाकी अध्यक्ष नितु श्रेष्ठका अनुसार शोको ट्यालेन्ट राउण्डमा प्रतियोगीहरुले बिभिन्न जातिको कला संस्कृति भेषभूषा, रिति रिवाज झल्कने प्रस्तती दिएका थिए । विवाहित तथा अविवाहित महिलाहरुले नृत्य, नाटकसँगै आआफ्नो प्रतिभा देखाएका थिए।
अध्यक्ष श्रेष्ठ भन्छिन्-हामीले महिला दिदीबहिनीहरुको क्षमतालाई बृद्ध गर्ने उद्देश्यले यो शो गर्दै आएका छौं। तीन सिजनसम्म आइपुग्दा हामीमा पनि अनुभव बढ्दै गएको छ । महिलाहरु घरको काम मात्रै होइन, बाहिरको काममा पनि अगाडी बढ्नुपर्छ र क्षमतालाई बृद्धि गर्नुपर्छ भन्ने लाग्छ।’
उक्त प्रतियोगिताको बिजेताले नगद २५ हजार रुपैंया सहित, बिभिन्न ब्राण्डको तर्फबाट गिफ्ट प्राप्त गर्नेछन्। फिनालेमा जम्मा १२ जनाले प्रतिस्पर्धा गर्दैछन्। जसमा मिसको तर्फबाट ६ जना र मिसेसको तर्फबाट ६ जनाले प्रतिस्पर्धा गर्नेछन् । शोको कोरियोग्राफरको रुपमा दिक्पाल कार्की रहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment