वनमन्त्री र भुटानका ऊर्जा मन्त्रीबीच भेटवार्ता
काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङबीच शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–भुटान बीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्री ठकुरीको निजी सचिवालयले जनाएको छ। भेटमा नेपाल र भुटानको धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र वातावरणीय सम्बन्ध थप बलियो बनाउनेबारे कुराकानी भएको थियो।
त्यस अवसरमा मन्त्री ठकुरीले उच्चस्तरीय भेटवार्ताले द्विपक्षीय र क्षेत्रीय सम्बन्ध अझ विस्तार हुने बताएका थिए। उनले भुटानले पछिल्लो समय जलविद्युत्, ऊर्जा, प्राकृतिक स्रोत संरक्षण र पर्यटकीय क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेकामा भुटानको प्रशंसासमेत गरेका थिए। ‘हामी सार्कमा आबद्ध छौँ, पर्वतीय क्षेत्रका मुद्दाबारे हाम्रो साझा अवधारणा छ। नेपाल र भुटानले पर्यापर्यटन, जलविद्युत्, पहाडी खेती र जडिबुटी क्षेत्रमा थुप्रै सहकार्यको सम्भावना छ।’
यसैगरी भुटानका मन्त्री छिरिङले नेपाल र भुटान जलवायु परिवर्तनका असरबाट बढी प्रभावित भएकाले जलवायु सम्मेलनलगायत अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले साझा मुद्दासहित प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment