प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता
न्युयोर्क। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको छ।
उनीहरुबीच राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो। भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसंघका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment