नेपाल आयडल सज्जा चौलागाईको ‘तिम्रो माया’ सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत
अमेरिका। प्रेमीप्रति समर्पित गीत ‘तिम्रो माया’ गीत भण्डार, अमेरिकाको युट्यूब च्यानलमा सार्वजनिक भएको छ।
यो गीत सुनिलमणि दाहालले लेखेका र कम्पोज गरेका हुन्। दाहालले गीतमा प्रेमको गहिराइलाई भावनात्मक शब्दहरू मार्फत प्रस्तुत गरेका छन्।
नेपाली आइडलकी पहिलो महिला विजेता सज्जा चौलागाईंको सुरीलो आवाजले गीतका भावनाहरूलाई जीवन्त बनाएको छ, जसले सुन्ने जोकोहीलाई मोहित बनाउँछ।संगीतकार तथा गायक बिराज गौतमले KTM Beats मार्फत गरेको उत्कृष्ट संगीत संयोजनले गीतमा एक मनमोहक स्पर्श थपेको छ।
गीतको सबै छायांकन दिपेश गिरीले गरेका छन् भने सह-छायांकार निपेश भट्टराई हुन्। गीतको सम्पादन, रङ संयोजन, र प्रचार डिज़ाइन Ace Production द्वारा गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment