प्रमुख राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात प्रभावित
पहिराले बाटो अवरुद्ध
दमौली (तनहुँ), १२ असोज ः तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी डुम्रीडाँडा समस्तीपुर हिलेखर्क मार्गमा शनिबार वर्षाले गएको पहिरा । पहिराले उक्त खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।तस्बिर ः कृष्ण न्यौपाने÷रासस
काठमाडौं। पहिरोले राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात सेवा एवं जनजीवन प्रभावित बनेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौँको नयाँ बसपार्क र अन्य क्षेत्रबाट सञ्चालन हुँदै आएको लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन हुन नसकेको बताए।
उनका अनुसार आज काठमाडौँको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, बल्खुबाट सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधन सञ्चालन हुनसकेका छैनन्। विभिन्न राजमार्ग हुँदै सञ्चालनमा आएका सार्वजनिक सवारीसाधान र अन्य सवारीसाधन बगाउनुका साथै पहिरोले पुरिएका छन् ।
उनले सरकारले रात्रिकालीन सवारीसाधन नचलाउन आग्रह गरेका कारण कतिपय सवारीसाधान दुर्घटना हुनबाट जोगिएको बताए। उनले देशभरका यातायात व्यवसायी, चालक तथा सहचालकलाई जोखिम मोलेर सार्वजनिक सवारीसाधान नचलाउन समेत आग्रह गरेका छन्।







डिसी नेपाल







Facebook Comment