एटलेटिकोसँग बराबरीमा रोकियो रियल म्याड्रिड
काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड एटलेटिको म्याड्रिडसँग बराबरीमा रोकिएको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिड र एटलेटिको म्याड्रिड १-१ गोलको बराबरीमा रोकिएका हुन्।
पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलमा रियल म्याड्रिडका लागि खेलको ६४औँ मिनेटमा इडर मिलिताओले गोल गरेका थिए। त्यस्तै एटलेटिको म्याड्रिडका लागि इन्जुरी समयपछि एंगल कोरियाले गोल गर्दै रियल म्याड्रिडको जित खोसेका थिए।
यस खेलमा ९० मिनेटको इन्जुरी समयपछि एटलेटिकोका मार्कोस लियोरेन्टले रातो कार्ड पाएका थिए।
यो बराबरीपछि रियल म्याड्रिडले बार्सिलोनासँगको दूरी घटाउने अवसर गुमाएको छ। यो खेलपछि रियल म्याड्रिडको ८ खेलमा १८ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। त्यस्तै बार्सिलोना २१ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यसैगरी एटलेटिको म्याड्रिड १६ अंकसहित तेस्रो स्थानमा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment