सुवास निर्देशित दशै तिहार गीत ‘आँशुका धारा’ सार्वजनिक
काठमाडाैं। नेपालीहरुको महान पर्व बडा दशैं तथा दिपावली नजिकै आउँदै छ। चाडपर्व बिशेष गीतसंगीतहरु पनि बजारमा आउने क्रम जारी छ।
यसै क्रममा पोखरामा रहेर म्युजिक भिडियो सम्पदनमा ब्यस्त रहेका सुवास अंगाईद्वारा निर्देशित दशै तिहार गीत आँसुका धारा बजारमा आएको छ। दिवस थापा मगर र करिष्मा राना मगरको स्वर रहको गीतको म्युजिक भिडियो बाँसुरी डिजिटल युट्युबबाट सार्वजनिक गरिएको हो।
गीतमा बिदेशीनुका पीडा, दशै तिहारसंगै मनाउन परिवारले गरेको आग्रह, बिदेशमा हुनेहरुले चाडबाडमा बिदा नपाउदाको पीडा र तिहारमा दिदीबहिनीहरुले दाजुभाईको प्रतिक्षा गरेको दृश्यहरु समावेश गरिएका छन्।
सरोज लामिछानेको थेगो र संगीत रहेको गीतलाई चर्चित शब्द संकलक नयन शर्माले लेखेका हुन्। दिवस थापा मगरको आफ्नै एरेन्जमा रहेको गीतमा गणेश अंगाई र प्रभा श्रेष्ठलाई मुख्य भूमीकामा देखाईएको छ भने अनिशा क्षेत्री, बुद्धि खनाल, बिनोद पहारी, गकुल बिक, राजकुमार कुमालको पनि अभिनय रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment