नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनयमा ‘देउन साथ’ सार्वजनिक

डिसी नेपाल
१४ असोज २०८१ ११:५४
60
Shares

काठमाडौं। अमेरिकामा रहेर निरन्तर गायनमा लागिरहेकी गायिका रानी शाक्यको स्वरमा नयाँ गीत ‘देउन साथ’ सार्वजनिक भएको छ।

सेमी क्लासिकल गीतमा नारायण वावुको शब्द तथा संगीत छ। सन्दिप कार्कीले गीतमा एरेन्ज गरेका छन्।

सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई रोमान्टिक रुपमा देख्न सकिन्छ।

नम्रता केसी को कोरियोग्राफी तथा प्रहिल कार्की निर्देशनमा तयार भएको यो भिडियोमा हरि हुमागाईँको छायांकन, माधव वेलवासेको सम्पादन छ। गायिका रानी शाक्यले यसअघि दर्जनौ गीतहरु दर्शकमाझ ल्याइसकेकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *