रोनाल्डो र मानेको गोलमा अल नासर विजयी
काठमाडौं। अल नासरले एशियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा कतारी क्लब अल रियान पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल रियानलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
अल नासरको जितमा साडियो माने र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए। रोनाल्डोले यो गोल आफ्नो पिताको नाममा समर्पित गरेका थिए। आफ्ना पिताको जन्मदिनको दिन गरेको गोल भन्दै उनले यो गोल आफ्ना लागि विशेष रहेको रोनाल्डोले बताएका छन्।
त्यस्तै अल रियानका लागि रोजर गुएडसले एक गोल गरेका थिए।
यस अघि पहिलो खेलमा बराबरीमा रोकिएको अल नासरको यो एएफसी च्याम्पियन्स लिगमा पहिलो जित हो। यो जितपछि २ खेलमा ४ अंक भएको छ। त्यस्तै अल रियानले भने आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment