फासिङ फेसन कार्निभल-२०२४ सम्पन्न
काठमाडाैं। शनिवार साँझ राजधानी को सिलौंटो कटेजमा फासिङ फेसन कार्निभल-२०२४ सम्पन्न भएको छ। हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित सो कार्यक्रम को संयोजन फासिङ फेसन बुटिकले गरेको हो।
कार्यक्रममा फासिंङ फेसन बुटिक द्वारा निर्मित सांस्कृतिक तथा आधुनिक परिधानको फ्युजन तथा साडी को प्रस्तुती गरेर करिब दर्जन मोडलहरुले दुइ वटा सिक्वेन्समा आफुलाई -याम्पमा उतारेका थिए।

करिब एक दशक भन्दा लामो समयदेखी फेसन क्षेत्रमा क्रियाशिल फासिङ फेसन बुटिकले युवापुस्ता तथा सबै वर्ग क्षेत्रका महिलाहरुलाई लक्षित पोशाक हरु को पर्वधनात्मक प्रस्तुती गरेको थियो।
फासिङ फेसन कार्निभल-२०२४ को कोरियोग्राफी चर्चित फेसन कोरियोग्राफर एवं इभेन्टकर्मी हिमानी सुब्बाले गरेकी थिइन भने मोडल एवं डिजाइनरहरुको प्रस्तुती पश्चात सोज टपरको रूपमा हिमानी स्वयं स्टेजमा उत्रिएकी थिइन्।

कार्यक्रममा विविध कलाकारहरुको नृत्य प्रस्तुती रहेको थियो भने कार्यक्रमको बिचमा चर्चित पप गायक धिरज राई आफ्नो चिरपरिचित स्टाइलमा स्टेजमा झुल्किँदा दर्शक प्रफुल्लित भएका थिए। गायक राईले दर्शकलाई आफ्ना केही चर्चित गीतहरु सुनाएका थिए।
सो फेसन कार्निभल बुटिकको सृजना पस्किनुको साथै सांस्कृतिक एवं आधुनिक पहिरन को फ्युजन दर्शक सामु पस्किनु रहेको फासिंङ फेसन बुटिक की डिजाइनर आस्मती साम्सुहाङ लिम्बुले बताइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment