राजेशपायल राईलाई आफ्नै गीतमा कपिराइट लागेपछि…

डिसी नेपाल
२३ असोज २०८१ १४:००
144
Shares

काठमाडौं। गायक तथा सर्जक राजेशपायल राईले आफ्नो नामबाट सार्वजनिक गरिएका गीतहरु अन्य प्लेटफर्ममा राखिएको भए तत्काल डिलिट गर्न आग्रह गरेका छन्। राईले सामाजिक सञ्जालमार्फत आफ्नै गीतमा आफैंलाई कपीराइट लागेपछि यस्तो आग्रह गरेका हुन्।

उनले भनेका छन्- ‘यो एक सूचना हो मेरो राइट्समा रहेको अधिकांश गितहरु हालै मैले खोलेको अडियो प्लेटफर्म मार्फत सङ्रहित गर्न खोज्दा उल्टै मलाई कपिराइट लागेको हुनाले, यो सुचित गरिन्छ की तपाइले राख्नु भएको मेरो गितहरु तुरुन्त डिलिट गर्नुहोला अन्यथा म कानुनको उपचारमा लाग्नेछु!’

उनले अन्य प्लेटफर्ममा रहेका गीतहरू हटाउन चेतावनी दिएका छन् । अन्यथा कानूनी उपचारमा जाने उनले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *