चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक

डिसी नेपाल
२४ असोज २०८१ १६:४३
92
Shares

काठमाडौं। चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक भएको छ। रोमान्टिक भावको यस गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज छ, शब्द राजेश कुमार श्रेष्ठ र संगीत एलिश कार्कीले दिएका छन्।

शैलेन्द्र प्रधान (बाबु)ले एरेन्ज गरेका गीतले प्रेममा रहेका दुई व्यक्तिको सम्बन्धलाई समयको यात्रासँग जोडेर प्रस्तुत गरेको छ, जसले उनीहरूको जीवनभरको साथको भावना व्यक्त गर्छ।

शिशिर खातीले कोरियोग्राफी गरेको गीतको भिडियोमा सुपरस्टार प्रदिप खड्का र नव-अभिनेत्री दिव्या रायमाझी आकर्षक शैलीमा देखिएका छन्। यो चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी दिव्यालाई ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ।

उनी चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन् र अमेरिकाबाट नेपाल फर्केर आफ्नो करियरको सुरुआत गरेकी हुन्। गीतको भिडियोमा प्रदिप र दिव्याको केमेस्ट्रीले दर्शकलाई मोहित बनाउने अपेक्षा गरिएको छ।

चलचित्र ‘एक्टर: टेक वन’ को टिजर पहिले नै लोकप्रिय बनेको छ, जसले दर्शकहरूको उत्सुकता र अपेक्षा बढाएको छ। अब सार्वजनिक गरिएको ‘दिन बित्ला’ गीतले दर्शकको आशालाई थप बलियो बनाउने विश्वास गरिएको छ।

चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् र स्क्रिप्ट आकाश बराल र राजन भुसालको रहेको छ। प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालासहित दिव्य देव, उषा रजक, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको यो चलचित्र अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति हो। निर्माता थमन कुमार भण्डारी, सह-निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्।

नरेन्द्र मैनालीले छायाङ्कन गरेको यो चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्। हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले सङ्गीत दिएका छन्, र शिशिर खाती तथा किरण थापाले कोरियोग्राफी गरेका छन्।

पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् भने रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेको छ। चलचित्रको मिडिया प्लानिङ जीवन पराजुली र इभेन्ट प्लानिङ लिभेन्ट्स स्टुडियोले गरेका छन्। द्वन्द्व निर्देशन अष्ट महर्जन र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *