खड्क देवीको मन्दिरमा श्रद्धालुहरूको घुइँचो
श्रद्धालुहरूको घुइँचो
गुल्मी, २५ असोजः वडादसैँको नवमीको अवसरमा गुल्मीको धार्मिक एवं ऐतिहासिकस्थल मुसिकोट नगरपालिकामा रहेको बाइसे–चौबिसे राज्यअन्तर्गत पर्ने मुसिकोट दरबार परिसरमा रहेको खड्क देवीको मन्दिरमा शुक्रबार बिहान पूजाआजा र दर्शनका लागि उपस्थित बनेका श्रद्धालु भक्तजन । यहॅा नवमीको दिन बर्सेनि हजारौँ मानिसहरूको लाग्ने गर्दछ । तस्बिरः जनार्दन घिमिरे÷गुल्मी
गुल्मी । बडादसैँमा नवमीको अवसरमा गुल्मीको धार्मिक एवं ऐतिहासिकस्थल मुसिकोट नगरपालिकामा रहेको बाइसे–चौबिसे राज्यअन्तर्गत पर्ने मुसिकोट दरबार परिसरमा रहेको खड्क देवीको मन्दिरमा शुक्रबार बिहान पूजाआजा र दर्शनका लागि उपस्थित बनेका श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ ।
यहॅा नवमीको दिन बर्सेनि हजारौँ मानिसहरूको मेला लाग्ने गर्दछ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment