जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार

डिसी नेपाल
१ कार्तिक २०८१ १९:४५
28
Shares

जुम्ला। जुम्लाका ग्रामीण भेगमा विद्युत्को लाइन विस्तार गरिएको छ। यहाँका विभिन्न बस्तीमा अहिले राष्ट्रिय प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ।

कर्णालीलाई पूर्ण विद्युतीकरण गर्ने प्राधिकरणको कार्ययोजनाअनुसार यहाँका गाउँ गाउँमा प्रसारण लाइन विस्तारको काम तीव्ररुपमा भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष साहले जानकारी दिए। जिल्लाका ६० वडामध्ये २५ वटामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको छ।

प्रमुख साहका अनुसार तिला गाउँपालिका–६ घोडेमा विद्युत्को लाइन विस्तार गरिएको छ। यस्तै तातोपानी गाउँपालिका–७ सुर्कीमा पनि विद्युत्को लाइन जोडिएको छ। एक सय ४५ परिवारको बसोबास रहेको सुर्कीमा दसैँ अगाडि नै बत्ती बालिएको हो। पातारासी गाउँपालिका र गुठीचौर गाउँपालिकाका विभिन्न वडामा पनि विद्युत् लाइन पुर्‍याउने योजना छ।

यस्तै सिञ्जा गाउँपालिकाका ६ वडामध्ये तीन र पाँच नम्बर वडामा बत्ती पुगेको वितरण केन्द्रले जनाएको छ। गुठीचौर र कनकासुन्दरी गाउँपालिकाका सबै वडामा प्रसारण लाइन विस्तारको काम भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *