अस्पतालमा इजरायली हवाई आक्रमण, एक बालकसहित १३ जनाको मृत्यु

डिसी नेपाल
७ कार्तिक २०८१ १२:१७
108
Shares

काठमाडौं । लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी बेरुतमा इजरायली हवाई आक्रमणमा १३ जनाको मृत्यु भएको जनाएको छ । जसमा एक बालक पनि परेका छन् ।

साथै आक्रमणमा घाइते हुनेको संख्या ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये सात जनाको अवस्था चिन्ताजनक छ ।

अस्पताल स्रोतहरूले समाचार एजेन्सी रोयटर्सलाई भनेअनुसार इजरायली हवाई आक्रमण रफिक हरिरी विश्वविद्यालय अस्पतालको कार पार्किङमा भएको थियो।

सोमबार साँझ दक्षिण बेरुतमा भएको १३ वटा हवाई आक्रमणमा परेको थियो। इजरायली सेनाले हिजबुल्लाहसँग सम्बद्ध लक्ष्यहरूमा आक्रमण गरिरहेको बताएको छ।

लेबनानमा इजरायलको यो हमला यस्तो बेला भएको हो जब अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तेल अवीव पुगेका छन् ।

अक्टोबर ७, २०२३ देखि मध्यपूर्वी देशको यो उनको एघारौं भ्रमण हो। यो भ्रमणका क्रममा ब्लिन्केनले इजरायल र द्वन्द्वमा संलग्न सबै पक्षसँग युद्धविरामको विषयमा वार्ता गर्न सक्ने विश्वास गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *