चीनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने क्यानडाका प्रधानमन्त्रीको घोषणा
काठमाडौं । क्यानडाले चीनबाट आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनले व्यापारमा अनुचित व्यवहार अपनाएको आरोप लगाएका छन् ।
ट्रुडोले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा लेखेका छन् – सस्तो स्टिल र एल्युमिनियमको साथ अन्तर्राष्ट्रिय बजारमा चीनको ठूलो प्रभाव छ।
ट्रुडोले लेखे, “उनीहरूको (चीन) अनुचित व्यापार अभ्यासले क्यानाडाली कामदारहरूलाई ठूलो नोक्सान पुर्याएको छ। हामी यसको विरुद्ध कदम चाल्दैछौं। ”
यसअघि अप्रिलको सुरुमा आफ्नो चीन भ्रमणका क्रममा अमेरिकी अर्थमन्त्री जेनेट येलेनले पनि चिनियाँ अधिकारीसँगको वार्तामा विश्व बजारमा ‘सस्तो चिनियाँ उत्पादनको प्रचुर मात्राबारे’ चिन्ता व्यक्त गरेका थिए ।
मे महिनामा राष्ट्रपति सी जिनपिङ फ्रान्सको भ्रमणमा रहेका बेला युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले पनि उनीसँग यो मुद्दा उठाएकी थिइन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment