दिल्लीका धेरै क्षेत्रमा वायु प्रदूषण खतरनाक स्तरमा पुग्यो

डिसी नेपाल
७ कार्तिक २०८१ १५:५६
24
Shares

काठमाडौं । बुधबार भारतको राजधानी दिल्लीका धेरै क्षेत्रमा वायु प्रदूषणको स्तर लगातार खतरनाक स्तरमा पुगेको छ ।

बिहानै यसको प्रभाव धेरै क्षेत्रमा प्रष्ट देखिन थालेपछि मानिसलाई आँखामा जलन हुनुका साथै सास फेर्न गाह्रो भएको थियो ।

दिल्लीका केही विशिष्ट क्षेत्रहरूको बारेमा कुरा गर्दा, केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड अर्थात् सीपीसीबी अनुसार, आनन्द विहारमा एक्युआइ बिहान १० बजे ४०६ पुगेको छ ।

जबकि दिल्लीको व्यस्त क्षेत्र आइटीओमा यो ३६७ मा रेकर्ड गरिएको थियो।

राति १० बजे रोहिणीमा वायु प्रदूषणको स्तर निकै खतरनाक स्तरमा पुगेको छ, उक्त क्षेत्रमा एक्युआई ३९४ रेकर्ड गरिएको छ ।

सीपीसीबीको अनुसार, एक्युआइ ४०० पार गर्नु खतरनाक (गम्भीर) मानिन्छ। यसले स्वस्थ मानिसहरूलाई पनि असर गर्छ र कुनै पनि रोग भएकाहरूलाई गम्भीर असर गर्छ।

जबकि सीपीसीबीका अनुसार एक्युआइ ३०० देखि ४०० को बीचमा भएमा लामो समय सम्म यस्तो वातावरणमा बस्दा श्वासप्रश्वास सम्बन्धी रोग लाग्न सक्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *